इस्तियाकका ‘दश दृष्टि’ सार्वजनिक

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का उम्मेदवार मो. इस्तियाक राईले ‘दश दृष्टि’ सार्वजनिक गरेका छन् । उम्मेदवार राईले दश बुँदामा आफ्नो दृष्टि सार्वजनिक गरेका हुन् ।

प्रदेशका दुई उम्मेदवारलाई दाया र बाया राखेर सार्वजनिक गरिएको दश दृष्टिअन्तर्गत स्वस्थ जीवन, देशकै धनमा पाँच वर्षभित्र कम्तीमा पाँच वटा नमूना स्वास्थ्य संस्था बनाउने, नशाजन्य तथा मुटु, फोक्सोलगायत दीर्घ र जटिल रोगका विरामीका लागि भेरी अस्पतालमा विशेषज्ञ युनिट, नेपालगञ्जलाई मेडिकल हब बनाउने, सरकारी स्वास्थ्य संस्थामा एमडी, एमएस शिक्षणका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

जीवनका लागि शिक्षा, समृद्धिका लागि शिक्षामा गुणस्तरीय शिक्षाबाट कुनै पनि नागरिक बन्चित हुनु हुँदैन भन्ने जनता समाजवादी पार्टी नेपालको स्पष्ट नीति हो भनिएको छ । कृषि र किसानमा मनिकापुरमा व्यवसायिक गौशाला र बोटानिकल गार्डेन, पशु एम्बुलेन्स, समयमै मलबीउ, दिगो सिंचाई योजना, स्मार्ट किसान, व्यवसायिक कृषि, उत्पादन र बजारको सेतु भन्ने नारा अघि सारिएको छ ।

खेल र खेलाडीमा स्थानीय खेलहरुको पुनर्जागरण, खेल पर्यटनको विकास, नेपालगञ्ज रंगशालाको व्यवसायिक प्रवद्र्धन, हरेक वडामा खेल संरचना, व्यवसायिक खेलाडी, सम्मानित खेल जीवन भनिएको छ ।

युवा शक्ति, विकास र रोजगारीमा स्वरोजगार युवा, आत्मसम्मानित जीवन, निर्णायक युवा प्रतिनिधित्व, सीप र अनुभवको सम्मिश्रण, दक्ष जनशक्ति उत्पादनलाई अघि सारिएको छ । सामाजिक सुरक्षामा जेष्ठ नागरिकको कदर, घरदैलोमै सुविधा अनि सम्मान, नारी शक्ति, उनकै हातमा ढुकुटी, प्रजनन् अधिकारमा महिलाको निर्णायक भूमिका भनिएको छ ।

वातावरण, हर जीवको जीवनमा हरित गाउँ शहर, एक जीउ, एक विरुवा, जैविक विविधता संरक्षण, वातावरणमैत्री विकास, पर्यावरण नविगार्ने संरचना, आधारभूत शिक्षामै वातावरणको ज्ञान भन्ने नारालाई अघि सारिएको छ ।

पूर्वाधार विकास, समृद्धिको आधारमा चालु आयोजनालाई पूर्णता, नयाँ आयोजनाहरु सृजना, आफनै पौरख, आफनै पुताका लागि विकास, हरेक वडामा प्राथमिकता अनुसार पूर्वाधार, पूर्वाधार निर्माणमा स्थानीयकै अपनत्व, ढल निकायुक्त गाउँ शहर भनिएको छ । पर्यटन र पर्यटन, अबको आर्थिक आधारमा पर्यटनीय स्थलहरुको प्रवद्र्धन, पर्यटन पूर्वाधार निर्माण, समुन्नत शहर, सम्मानित व्यवसाय, नेपालगञ्ज टुरिजम ट्रान्जिट योजनालाई अघि सारिएको छ ।

समुन्नत शहरमा नेपालगञ्ज शहरको व्यवस्थापन, योजना र कार्यान्वयन, संस्कृति र शहर, अवधि सांस्कृतिक पर्यटनको योजना, जमुनाहा हिल्सा सडकको योजना कार्यान्वयन, उदाउदा शहर (ग्रामीण शहर) को व्यवस्थापन र आधुनिकीकरण, सिमाञ्चल क्षेत्रको व्यवस्थापन, निगरानी र आपसी समन्वय भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।

प्रतिनिधि सभाका उम्मेदवार राईले प्रदेशका उम्मेदवारहरु भण्डारीलाल यादव र आदेश अग्रवाललाई राखेर पत्रकार साक्षात्कार गर्दै आफ्ना दश दृष्टि सार्वजनिक गरेका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !