इस्तियाकको घरदैलो शुरु
नेपालगञ्ज – जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा घरदैलो शुरु गरेको छ ।
बुधबार बिहान नेपालगञ्जको भित्री टोलहरूबाट घरदैलो कार्यक्रम शुरु गरिएको छ ।
जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इस्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्तासँग घरदैलो गरेका छन् ।
त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए।
घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए।
निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपाले घरदैलो कार्यक्रम शुरु गरेको हो।
घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ता सहभागी भएका थिए।