जनमतको ५४ औं श्रृङ्खलामा ५६ जनाले रक्तदान गरे

नेपालगञ्ज – जनमत अद्र्धसाप्ताहिक, नेपालगञ्जले आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् ।

मंगलबार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, स्वास्थ्यकर्मीलगायत नियमित स्वयम्सेवी रक्तदाताले रक्तदान गरेका हुन् ।

नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मनबहादुर केसी (निशान) खत्री र जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि रक्तदान जीवनदानको उद्देश्यका साथ नियमित रुपमा सञ्चालित त्रैमासिक रक्तदान कार्यक्रमको ५४ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके उपाध्यक्षका मनबहादुर केसी (निशान), पत्रकार शंकरप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत निरञ्जना मल्ल, सुश्री स्वेता विष्ट, नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, रक्तदाता समाजका कोषाध्यक्ष मनमोहन वर्माले रक्तदान गर्नुभयो ।

कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार, पार्वती थापा, दिनेश कुमार तमोली, अरुण बज्राचार्य, दिपक चौधरी, बानेश्वर थारु, अर्जुन प्रसाद चौधरी, सागर बिष्ट, कृष्ण चन्द खत्री, दिपक नेपाली, प्रदीप बस्नेत, शरस केसी, तिलक रोकामगर, राम सुहावन सोनकर, मन बहादुर बस्नेत, कमल कठायत, पूजा केसी, रुसतम अली दर्जी, उदय प्रसाद उपाध्याय, उमा भाट, कृष्ण अर्याल, शिव कुमार गिरी, सरोज कुमार चौधरी, अपेक्षा श्रेष्ठ, गणेश खडका, तिलक पुन, रबिन्द्र चौधरी, निराजन चौधरी, बिष्णु वर्मा, अनिल चौधरी थारु, दिपक चौधरी, अनिला चौधरी, लच्छीराम चौधरी, गोबिन्द नाउँ, दिपेन्द्र नाउँ, दिपेन्द्र चौधरी, रामदयाल चौधरी, नन्नकुअली बेहना, अँगनु नाउँ, जय शंकर थारु, नमित चौधरी, कृष्ण डिसी, सल्मान अन्सारी, रिसभ बैश्य,सन्तोष चौधरी लगायत ५६ जनाले रक्तदान गर्नु भएको छ ।

सो कार्यक्रममा पिस नेपाल डटकम नेपालका प्रवन्ध निर्देशक प्रज्वल चुके, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सुनिल थापा मगर, सोम प्रसाद सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, पिमा डाँगी, सजिना कार्की, सञ्जय बढही, सुनिता थापा, केशर सिंह डाँगी, बैकुण्ठ रेग्मी, समिक्षा रोकायाले प्राविधिकमा र अन्यमा आकाश जायसवालले रक्तदान कार्यक्रममा सहयोग गर्नु भएको थियो ।

वि.सं.२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५४ औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्टसम्म स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।


error: यो सुविधा उपलब्ध छैन !