बाँकेको दुई ठाउँमा शंकास्पद बस्तु भेटियो

नेपालगञ्ज – बाँकेको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको छ ।

पूर्वपश्चिम राजमार्गको किरणनाला र नेपालगञ्ज–कोहलपुर सडक खण्डको झण्डहवाचोकमा बमजस्तो शंकास्पद बस्तु फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लका अनुसार, झण्डहवाचोक र किरण नालाको पुलमाथि रातो टेपले बेरेको शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि दुवैतिरको सडक खण्ड बन्द गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लव माओवादीलगायतले गरेको बन्दका क्रममा शंकास्पद बस्तु फेला परेको छ । अघिल्लो सरकारसँग गरेको तीन बुँदे सहमतिविपरित पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पासलगायतको विरोधमा बन्द गरिएको बताइएको छ । बाँकेको बन्दको सामान्य प्रभाव रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !