डा. कर्णको प्रदेशमा उम्मेदवारी

नेपालगञ्ज – नेपालगञ्जका प्लाष्टिक सर्जरी डाक्टर विनोद कर्णले प्रदेश सभाको चुनावमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी डा. कर्णले बाँके क्षेत्र नं. २ (ख) मा चुनाव लड्ने घोषणा गरेका हुन् ।

कुनै दलगत नभई स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका डा. कर्णले नेपालगञ्जको विकासका लागि काम गर्न उम्मेदवारी दिएको बताउनुभयो । क्षेत्र नं. २ (ख) मा नेपालगञ्ज क्षेत्र समेटिएको छ । कर्ण गएको चुनावमा विवेकशील साझा पार्टीबाट प्रदेशमा चुनाव लडेका थिए ।

नेपालगञ्जमा केही दिनअघि दिवाकर खनालले बाँके क्षेत्र नं. २ र राजकुमार रौनियारले प्रदेश (क) बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
चुनावको मिति नजिकिदै जादा स्वतन्त्र रुपमा चुनाव लड्नेहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !