२१ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा बिहीबार २१ जनालाई कोरोना देखिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा १६ जनालाई कोरोना देखिएको छ । १६ जनामध्ये ११ जना बाँके जिल्लाका रहेका छन् ।

कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारीमा एक जनालाई कोरोना देखिएको छ । बिहीबार बाँकेमा कोरोना देखिएकामध्ये १६ जना बाँके र ५ जना बाहिरी जिल्लाका रहेका छन् । जिल्लामा हाल ८३ जना सक्रिय संक्रमित रहेका छन् । सबै जना होम आइसोलेसनमा रहेका छन् । बिहीबार ६ जना निको भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !