भारतबाट आएका पाँच जनामा देखियो कोरोना

फाइल फोटो

नेपालगञ्ज – भारतबाट आएका पाँच जनामा कोरोना देखिएको छ ।

नेपालगञ्जको जमुनाहा नाकामा जाँच गर्दा पाँच जनामा कोरोना देखिएको हो । जमुनाहामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले एक महिलासहित पाँच जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।

कोरोना देखिएका सबैले खोप लगाएका थिए । कोरोना देखिएकाहरु सुर्खेत, बर्दिया, रोल्पा र दाङ जिल्लाका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !