अर्काको परिचयपत्र बोकेका मृतक को हुन् ?

नेपालगञ्ज – सीमावर्ती भारतीय बजार रुपैडिहामा एकजना मृत अवस्थामा भेटिएका छन् ।

रुपैडिहाको मुनिरगञ्ज सट्टास्थित तलाउमा मृत भेटिएको व्यक्तिको साथमा नेपाली मतदाता नामावलीको दुई वटा परिचय पत्र फेला परेको
छ । मृतकको साथबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का समिर जसगढ र सैजहा जसगढको मतदाता नामावली परिचय पत्र फेला परेको भारतीय प्रहरीले जानकारी दिएको छ ।

मृतक र परिचयपत्रमा नाम उल्लेख भएका व्यक्ति फरक–फरक भएको नाकामा रहेको नेपाली प्रहरीका वरिष्ठ सई माधव रिजालले जानकारी दिनुभयो । ‘मृतकको साथमा भेटिएको परिचयपत्रमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का समिर जसगढ उल्लेख छ । नेपालगञ्ज वडा नं. ११ मा सम्पर्क गर्दा समिर जसगढ सम्पर्क आयो, वरिष्ठ सई रिजालले भन्नुभयो, जसको परिचयपत्र हो । उस सम्पर्कमा आयो । मृतक को हुन् पत्ता लागेको छैन ।’

मृतक नेपाली हुन् कि भारतीय हुन् यकिन भएको छैन । भारतीय प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला चिकित्सालय बहराइच पठाएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !