कुलमानसँग नेपालगञ्जका मेयर विष्टको छलफल

नेपालगञ्ज – नेपालगञ्जका मेयर प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ ।

नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि मेयर विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गर्नुभएको हो ।

छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगञ्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दीर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगञ्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरि केही दिनमै समस्याको समाधान हुने आश्वासन दिनुभएको मेयर विष्टले जानकारी दिनुभयो ।

यसैगरी मेयर विष्टले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग पनि भेटघाट गर्नुभएको छ । भेटमा मेयर विष्टले शाहलाई नेपालगञ्ज आउन औपचारिक आमन्त्रण गर्नुभएको छ । काठमाडौं र नेपालगञ्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !