डुडुवामा पोषण सम्वन्धी ५ दिने तालिम शुरु

डुडुवा – बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्तर्गतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, सह संयोजक विरेन्द्र घलेले सहजीकरण गरिरहनु भएको छ ।

डुडुवामा गत आर्थिक वर्ष २०७७।०७८ मा १५३ जना कुपोषित बालबालिका थिए । त्यसमा २४ जना नयाँ जोखिम कुपोषित बालबालिका रहेका छन भने अति जोखिम नयाँ ५ जना कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

गत आर्थिक २०७८।०७९ मा १५० जना कुपोषित बालबालिका मध्ये १६ जना नयाँ र ४ जना अति जोखिम कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाका सिताराम चौधरीले बताउनु भयो । यो तालिम दुई चरणमा गरिनेछ ।


error: यो सुविधा उपलब्ध छैन !