कैदी बन्दीले गरे रक्तदान

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा रक्तदान गरिएको छ ।

कारागारमा रहेका सुरक्षा प्रशासकदेखि कैदी बन्दीले रक्तदान गरेका छन् । कैदी बन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने र जिल्लामा रगतको कमी भएको पाइएपछि कारागार प्रशासनको संयोजनमा कैदी बन्दीले रक्तदान गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा कारागारका जेलर रामकुमार सोनकर, प्रहरी इन्चार्ज सई नविनप्रसाद रिजाल, चौकीदार प्रितम थापाले रगत दिएर रक्तदानको उद्घाटन गरिएको छ ।

विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा कारागारका सय बढी कैदी बन्दीले रक्तदान गर्ने जेलर सोनकरले जानकारी दिनुभयो ।

नेपालगञ्ज कारागारमा ७ सय ५३ जना कैदी बन्दी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !