नेपालगञ्ज कारागारबाट २१ जना बन्दीले पाए माफी

नेपालगञ्ज – गणतन्त्र दिवसको अवसरमा नेपालगञ्ज कारागारमा रहेका २१ जना कैदीले माफी पाएका छन् ।

नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकर अनुसार, २५ जनाको नाम पठाएकोमा २१ जनाको कैद मिनाहा भएको छ ।
नेपालगञ्ज कारागारबाट आइतबार एकैपटक धेरै जना कैदी छुटेका हुन् । आचरण सुध्रिएका, आधा बढी सजाय काटिसकेका व्यक्तिलाई सरकारले विभिन्न दिवसमा माफी दिने गर्दछ ।

नेपालगञ्ज कारागारमा अझै बन्दी धेरै छन् । यो कारागारमा कोचाकोच कै अवस्था रहेको छ । अहिले ७ सय ८७ बन्दी रहेका छन् ।
तीन सय क्षमताको कारागारमा यतिका बन्दी कोचिएर रहेका छन् । सीमावर्ती जिल्ला भएकाले यहाँ लागु औषधीलगायतको कारोबार बढी हुने र प्रहरीले दैनिकजसो कारोबारीलाई समातेर कारागारमा बुझाउने गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको थुनुवा कक्ष पनि खचाखच रहेको छ । नेपालगञ्ज कारागारमा सबै भन्दा लागु औषधीका बन्दी छन् । त्यसपछि जबरजस्ती करणी, कर्तब्य ज्यान, मानव बेचबिखनलगायतका रहेका छन् ।

आममाफी पाएका बन्दीहरु घर जाने तरखरमा छन् । आइतबार विहान उनीहरुको नाम लिष्ट आएको थियो । आफन्तीहरु आएर उनीहरुलाई लैजाने तयारीमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !