दुई पालिकाको अध्यक्षमा महिलाको उम्मेदवारी, गठबन्धनबाट नेपालगञ्जमा पुरुषमात्रै

नेपालगञ्ज – बाँकेका आठ वटा पालिकामध्येमा दुई वटामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका छन् । नरैनापुर र डुडुवा गाउँपालिकामा एमालेले महिलालाई अध्यक्षमा उठाएको छ ।

नरैनापुरमा पदमावती यादवले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पदमावत नेकपा एमालेका केन्द्रीय सदस्य स्व. दिनेशचन्द्र यादवकी श्रीमती हुन् ।

डुडुवा गाउँपालिकाको अध्यक्षमा सरोजकुमारी यादवको उम्मेदवारी परेको छ । सरोजकुमारी प्रदेश सांसद विजय यादवकी श्रीमती हुन् ।

नरैनापुर र डुडुवामा जसपा, कांग्रेसले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका छन् ।
दुई पालिकाबाहेक अन्यमा महिलाको प्रमुखमा उम्मेदवारी परेको छैन । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन गरेका कांग्रेस र जसपाले मेयर र उपमेयरमा पुरुषको उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट मेयरमा प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राई उम्मेदवार भएका छन् । नेपालगञ्जमा एमाले, राप्रपा, माओवादीले मेयरमा पुरुष र उपमेयरमा महिलालाई अगाडि सारेका छन् ।

कोहलपुर नगरपालिका, बैजनाथ, राप्तीसोनारी, जानकी र खजुरा गाउँपालिकामा सबै पार्टीले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !