राप्रपाको नेपालगञ्ज कमाण्डरमा देवकोटा

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवा नेता ऋषि देवकोटालाई नेपालगञ्ज उपमहानगरपालिकाको निर्वाचन कमाण्डर बनाएको छ ।

राप्रपाका सहायक महामन्त्रीसमेत रहेका देवकोटालाई नेपालगञ्ज उपमहानगरपालिका जिताउने जिम्मेवारी दिइएको
हो ।

२०७४ सालको निर्वाचनमा समेत नेपालगञ्जमा महत्वपूर्ण भूमिका निर्वाह गरेका देवकोटालाई पार्टी रणनीति बनाउन सक्ने व्यक्तिको रुपमा हेर्ने गर्दछ । देवकोटा रणनीति बनाउनेमात्रै होइन, सबैसँग सहजै घुलमिल हुन सक्छन् ।

पार्टीले जिल्लाका निर्वाचन परिचालन गर्ने जिम्मा जिल्ला अध्यक्ष नरेन्द्र पौडेललाई दिएको छ । क्षेत्र नं. १ मा यमबहादुर रावत, कोहलपुर नगरपालिकामा अर्जुन शाह र क्षेत्र नं. ३ को विक्रम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !