बाँकेमा सेनाले बनाइदियो साइकल ट्रेल

नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले डुडुवा गाउँपालिकाको वडा नं. ५ मा रहेको बाबुकुवा सामुदायिक वनमा साइकल ट्रेल बनाइदिएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लव र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले बनाइदिएको साइकल टे«लको शनिबार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उद्घाटन गर्नुभयो । गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउन पाउदा खुशी लागेको बताउनुभयो । उहाँले नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको बताउनुभयो ।

नेपालगञ्ज साइक्लिङ क्लवका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने उद्घोष गर्नुभयो । उहाँले बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरुलाई साइकल ट्रेल बनेपछि अभ्यास गर्न सहज भएको बताउदै नेपाली सेनालाई धन्यवाद दिनुभयो ।

बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले बाँकेमा माउन्टेन बाइक चलाउनेको संख्या बढिरहेको र साइकल ट्रेल बनेपनि सबै जना उत्साहित भएको बताउनुभयो ।

नेपाली सेनाले सय जना जनशक्ति लगाएर ५ किलोमिटर दुरीको साइकल ट्रेल बनाइदिएको हो । सामुदायिक वनको झाडी सफाई गरेर साइकल ट्रेल बनाइएको छ । साइकल ट्रेल बनेसँगै अब बाँकेका माउन्टेन बाइक प्रतियोगितामा भाग लिने खेलाडीले नियमित अभ्यास गर्न सक्ने छन् ।


error: यो सुविधा उपलब्ध छैन !