५ वर्षमाथिकालाई कोभिडविरुद्धको खोप लगाउने तयारी

नेपालगञ्ज – नेपाल सरकारले पाँच वर्षदेखि माथिकालाई कोभिडविरुद्धको फाइजर बायोएनटेक खोप लगाउने तयारी गरेपछि बाँकेमा खोपको भण्डारण, ढुवानी र प्रयोगसम्बन्धी अभिमुखीकरण तथा योजना गोष्ठी गरिएको छ ।

स्वास्थ्यका लागि सक्षम प्रणालीको आर्थिक र प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय, बाँकेले स्वास्थ्य संस्थाका खोप फोकलपर्सन, प्रत्येक वडाका खोप कार्यकर्तालाई अभिमुखीकरण गरेको हो । स्वास्थ्यका लागि सक्षम प्रणालीकी रोशनी पुनले नौ चरणमा गरेर खोप फोकलर्सन र वडा वडाका खोप कार्यकर्तालाई अभिमुखीकरण गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले अभिमुखीकरणमा सहजीकरण गर्नु भएको थियो ।
सरकारले उमेर समूह छुट्याएर कोभिडविरुद्धको खोप दिइरहेको छ । १२ वर्षदेखि माथिकालाई खोप दिइसकेको सरकारले अब ५ वर्षमाथिकालाई खोप दिने तयारी गरेको छ । नेपाल सरकारले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप किनिसकेकाले त्यो आउने वित्तिकै खोप लगाउने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !