पीएम कप शुरु, प्रहरी र आर्मीको विजयी शुरुवात

नेपालगञ्ज – नेपालगञ्जमा आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।
नेपालका चार र दुई वटा भारतीय टीमले भाग लिएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव विजयी भएका छन् ।
उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक लुम्बिनी युनाइटेड क्लवलाई सोझो सेटमा पराजित गरेको हो । प्रहरीले २५–१४, २५–१३ र २५–९ को सेटमा लुम्बिनीलाई पराजित गरेको थियो । प्रहरीको सेट टीम अगाडि लुम्बिनीको टीम कमजोर देखिएको थियो । यो खेलमा पुलिसकी मनिषा चौधरी प्लेयर अफ म्याच भइन् ।
दोस्रो खेलमा आर्मीले न्यू डायमण्डलाई ३–१ सेटमा पराजित ग¥यो ।
पहिलो सेट आर्मीले २५–१५ अंकले जित्यो । कडा प्रतिस्पर्धा भएको दोस्रो सेट न्यू डायमण्डले २९–२७ अंकले सेट हात पा¥यो । तेस्रोमा २५–१७ र चौथोमा २५–२२ ले आर्मीले खेल आफ्नो पक्षमा पा¥यो । यो खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ म्याच भइन् ।
चैत्र १४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्टस एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्टस क्लब सहभागी रहेका छन् ।


प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री महेश्वर गहतराजले गरेका थिए । उनले प्रधानमन्त्री कपले खेलको माध्यमबाट नेपालगञ्जलाई चिनाउन मद्दत गरेकाले यसलाई निरन्तरता दिनु पर्ने बताए ।
प्रदेश सांसद कृष्णा केसी नमुनाले प्रधानमन्त्री कपलाई अन्तर्राष्ट्रिस्तरको च्याम्पियनसीपको रुपमा स्थापित गर्ने बताइन् ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने पीएक कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपाली तीन पटक च्याम्पियन बनेको एपीएफ सहभागी भएको छैन ।
प्रतियोगिताको उद्घाटनमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, एसपीद्वय श्यामकृष्ण अधिकारी र जनक बस्नेत, व्यवसायी कृष्णप्रसाद श्रेष्ठ, प्रदीप छाजेडलगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !