भेरीको आइसीयु वार्डमा बेड थपियो

नेपालगञ्ज – भेरी अस्पतालमा आइसीयु वार्डमा बेड बृद्धि गरिएको छ ।
६ वटा बेडमा सीमित रहेको आइसीयु कक्षलाई १५ बेडमा बृद्धि गरिएको हो । आइसीयु वार्डको शुक्रबार एक समारोहका बीच अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. वीरेन्द्रबहादुर चन्दले उद्घाटन उद्घाटन गरिएको छ ।


भेरीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विरामी आउने गर्दछन् । भेरीलाई रिफरल सेन्टरको रुपमा विकास गरिएको छ ।
यसैबीच, अस्पतालले आइतबारदेखि न्यूरोको सुविधा थप्ने जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !