होलीको अवसरमा भैरवप्रसाद गणमा विविध कार्यक्रम
नेपालगञ्ज – होलीको अवसरमा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझामा विविध कार्यक्रम गरिएको
छ ।
नेपालगञ्जका धर्मगुरु, जनप्रतिनिधि, बाहिनी अड्डाका प्रमुख, सुरक्षा निकायका प्रमुख, क्यानका अधिकारी, पत्रकारको उपस्थितिमा भैरवप्रसाद गणमा तानडोरी, घैटो फुटाउने, स्टम ढलाउने खेल, सांस्कृतिक कार्यक्रमसँगै एक अर्कालाई रंग दलेर होली खेलिएको हो ।
कार्यक्रममा अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका संस्थापक अध्यक्ष बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, धर्मगुरु अब्दुल जब्बार मन्जरी, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, श्री नं. ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, एसपीहरु श्यामकृष्ण अधिकारी, नरेन्द्र गिरी, नेपाल पत्रकार महासंघ, बाँकेका उपाध्यक्ष करुणा शाह, वेष्टर्न अस्पतालका सञ्चालक डा. राहुल थापा, क्यान लुम्बनीका अध्यक्ष दुर्गाबहादुर थापा, बाँकेका अध्यक्ष सरोबर प्रसाईलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बागेश्वरी मन्दिरका मूल महन्त योगीको हातबाट टीका ग्रहण गरिएको थियो ।