पेस्तोल र ९० ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले अटोमेटिक पेस्तोल र ९० ग्राम ब्राउनसुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, धनौली र राधापुर प्रहरी चौकीको टोलीले खजुरा गाउँपालिका वडा नं. १, बहादुरपुरका गल्छी भन्ने रविन्द्र थापा, वडा नं. २ का मनिष थापा र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरका सुरेश रोककामगरलाई प्रहरीले म्याग्जिन नभएको अटोमेटिक पेस्तोल र ९० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, रविन्द्रको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा ९० ग्राम ब्राउनसुगर र उनी सुत्ने कोठाको पेस्तोल बरामद भएको थियो ।
प्रहरीले केही दिनअघि मात्रै डुडुवाबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !