कांग्रेस बाँकेको मतगणना शुरु

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको मतगणना शुरु भएको छ ।
विहान सवा नौ बजेदेखि नै मतदान शुरु भएको थियो । चार बजेसम्म चलेको मतदानमा एक हजार ४ सय ४५ मत खसेको छ । जिल्लामा एक हजार चार सय ९३ मतदाता थिए ।
जिल्लाको नेतृत्वका लागि तीन जनाको दुई वटा प्यानल बनेको छ । संस्थापन समूहमा दुई जना सभापतिको उम्मेदवार भएपनि अरु पदाधिकारी र सदस्यको एउटै प्यानल रहेको छ । कोइराला समूहको छुट्टै प्यानल रहेको छ ।
संस्थापन समूहबाट बादशाह कुर्मी र सुरेन्द्र हमाल तथा कोइराला प्यानलबाट नारायण गौडेलले सभापतिको लागि उम्मेदवारी दिएका छन् ।
बाँकेमा कोइरालाको विरासत भत्काउन लागि परेको संस्थापन समूह मिल्न सकेको छैन । दुई जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा ५० प्रतिशत मत कटेन भने निकटम प्रतिस्पर्धीका बीचमा दोस्रो चरणको मतदान हुने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !