२१ गते फुटबल संघको निर्वाचन, नेतृत्वका लागि तीन जना चर्चामा

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको निर्वाचन फाल्गुन २१ गते हुने भएको छ ।
संघको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेतृत्वका लागि तीन जना चर्चामा रहेका छन् । हालका अध्यक्ष भोजराज शाही, एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्यमणि अधिकारी र घनश्याम थापाले संघको अध्यक्षमा दाबेदारी गरेको बुझिएको छ ।
संघको १६ सदस्यीय कार्य समिति हुन्छ । १२ जना निर्वाचित हुन्छन् भने चार जना मनोनित । अध्यक्ष, तीन जना उपाध्यक्ष र अरु सदस्य निर्वाचित हुन्छन् । सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष मनोनित गरिन्छ ।
जिल्लामा १२ वटा क्लव रहेका छन् । यही क्लवका प्रतिनिधिले नेतृत्व चयन गर्दछन् ।
बैठकले १४ गतेदेखि जिल्ला लिग प्रतियोगिता गर्ने निर्णय गरेको छ । जिल्ला लिगमा पुच्छर हुने क्लव रेलिगेसनमा पर्दछ । बुधबारको बैठकले रेलिगेसनमा परेको क्लवलाई अहिले मतदानको अधिकार दिने र अर्को वर्षदेखि फुटबल संघको आवद्धता हटाउने निर्णय गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !