१९ जना डिस्चार्ज, १६ जना संक्रमित

नेपालगञ्ज – बाँकेमा बुधबार १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, १३ जना महिला र ६ जना पुरुष संक्रमित डिस्चार्ज भएका हुन् ।
बुधबार नै जिल्लामा १६ जना नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पतालमा १७ जनामा ३ जना, कोहलपुर मेडिकल कलेजमा ४६ जनामा १२ जना र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ ।
बाँकेका अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ८२ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !