नेपालगञ्ज साइकल उत्सवको तयारी तीब्र

नेपालगञ्ज – नेपालगञ्ज साइक्लिङ क्लबले यही फागुन २० र २१ गते आयोजना गर्न लागेको नेपालगञ्ज साइकल उत्सवको तयारीलाई तिब्रता दिएको छ ।
कार्यक्रम तयारीअन्तर्गत मंगलबार एक समारोहका बिच कार्यक्रमको सम्पर्क कार्यलयलाई ब्यबस्थित गर्न क्लबले नेपाल एयरलाइन्सको भवनमा रहेको एमरल्ड कलेजमा सचिवालयको स्थापना गरि औपचारिक रूपमा काम अगाडि बढाएको छ।
सचिवालय उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले क्लबले बाँके र बर्दियाको पर्यटन प्रवद्र्धनका लागि प्रत्यक बर्ष आयोजना गर्दै आइरहेको कार्यक्रम टुर डे ठाकुरद्वाराको प्रशंसा गर्नुभयो ।
क्लबका अध्यक्ष सतिश निरौलाले क्लबले यसबर्ष बिगतका बर्षमा गर्दै आइरहेको टुर डे ठाकुरद्वारलाई अलि बृहत र फरक शैलीमा आयोजना गर्न नेपालगञ्ज साइकल उत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रम मुल आयोजक समितिका संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र दिप कार्कीले यस कार्यक्रममा देशका प्रमुख शहरहरु र ७ वटै प्रदेश तथा छिमेकी देश भारतबाट समेत गरि २ सय ५० साइकल यात्रीहरुले सहभागिता जनाउने लक्ष्य लिएको जानकारी दिनुभयो । क्लबका सचीव प्रदीप सापकोटाले कार्यक्रममा सहभागिताको लागि अनलाइनबाट रजीस्ट्रेसन गर्न सकिने र बाके जिल्लाका साइक्लिस्टहरुले अनलाइन अथवा सचिवालयमा नै आएर पनि सहभागिता फार्म भर्ने ब्यबस्थापन गरिएको बताउनु भयो।
कार्यक्रममा बाँके र बर्दियाका स्थानीय सरकार, संघ सस्था र निजी कम्पनी तथा ब्यबसायीहरुको समेत साझेदारीको लागी अपील गर्दै यो कार्यक्रम बाँके र बर्दियाको पर्या पर्यटन बिकासमा कोशेढुङ्गा हुने आशा क्लबले लिएको क्लबका अध्यक्ष  निरौलाले बताउनुभयो।


error: यो सुविधा उपलब्ध छैन !