५२ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना

नेपालगञ्ज – बाँकेमा ५२ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको छ ।
भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा ६ जना, कोहलपुर मेडिकल कलेजमा १७ जनाको परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको छ । कोरोनादेखिएका १२ जनामध्ये बाँके जिल्ला निवासी ७ जना रहेका छन् ।
बाँके सक्रिय संक्रमित १ सय १९ जनामा झरेको छ । यहाँका अस्पतालमा १५ जनाको उपचार भइरहेको छ । आइतबार १३ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !