३२ जना निको, ३२ जना नै अस्पतालमा

नेपालगञ्ज – बाँकेमा बुधबार ३२ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, १३ महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।
बुधबार नै जिल्लामा २० जनालाई कोरोना पुष्टि भएको छ । यहाँका तीन वटा ल्याबमा ७८ जनाको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका २० जनामध्ये ११ जना बाँके जिल्ला निवासी रहेका छन् ।
बाँकेमा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले ३ सय ६९ जना रहेका छन् । अस्पतालमा ३२ जनाको उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !