सेनाले दियो मंगताटोलमा कम्बल
नेपालगञ्ज – सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले डुडुवा गाउँपालिका वडा नं. ६, मंगताटोलमा कम्बल तथा खाद्यान्न वितरण गरेको छ ।
मंगताटोलमा अधिकांशले मागेर नै गुजारा चलाउँछन् । चिसोमा उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको हो ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, उनका आमा महालक्ष्मी अधिकारी र श्रीमती प्रतिमा अधिकारी, वेष्टर्न अस्पतालका सञ्चालक डा. कल्पना थापा र छोरा राहुल थापा, श्री नम्बर ४ बाहिनी अड्डाका मेजर दीप श्रेष्ठ र श्रीमती लक्ष्मी श्रेष्ठले मंगताटोलका ७० घरपरिवारलाई एउटा कम्बल, दुई किलो चामल र दुई वटा बिस्कुट वितरण गर्नु भएको थियो ।
सो अवसरमा सहायक रथी पाठकले चिसोले समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धता गर्नुभयो ।
डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहन मिश्रले नेपाली सेनालगायतले टोलमै आएर सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।