चोक–चोकमा आगो बालियो

नेपालगञ्ज – चिसो बढेसँगै नेपालगञ्जका चोक–चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार साँझदेखि चोक–चोकमा आगो बाल्ने व्यवस्था गरेको हो ।
नेपालगञ्जको त्रिभुवनचोकबाट चोकमा आगो बाल्ने कार्यको शुरुवात गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, उपमेयर उमा थापामगर, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा त्रिभुवनचोकमा आगो बालिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगरका सबै चोक, अस्पतालका छेउछाउमा आगो बाल्ने व्यवस्था मिलाउने बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिले आगो बाल्नेदेखि गरीवलाई कम्बल बाँड्नेसम्मको योजना बनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !