राजकुमारको ‘राज’ खुल्यो

नेपालगञ्ज – लागु औषधी नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले कोहलपुरका राजकुमार थारुलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
भारतीय शहर रुपैडिहाबाट एक ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर मुखमा राखेर आइरहेका कोहलपुर नगरपालिका वडा नं. ५ का थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार अपरान्ह ५ बजे थारुलाई पक्राउ गरिएको छ ।
लागु औषधी कारोबारीले ब्राउनसुगर ओसारपसार गर्न विभिन्न उपाय अपनाउने गरेका छन् । मुखमा राखेर ब्राउनसुगर ओसार्ने राजकुमारको ‘राज’ भने प्रहरीले थाहा पाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !