शिव शिखरद्वारा मेडल विजेतालाई नगदसहित सम्मान

नेपालगञ्ज – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नेपालगञ्जले खेलाडीलाई सम्मान गरेको छ ।
दाङ जिल्लामा भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा मेडल जितेका बाँकेका नौ जना आइटीएफ खेलाडीलाई गार्डेन मार्टले नगद पाँच हजारसहित सम्मान गरेको हो । गार्डेन मार्टका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगदसहित सम्मान गर्नुभयो ।
संस्थापक अध्यक्ष शर्माका अनुसार, बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टमा २८ जना ब्ल्याक बेल्ट खेलाडीलाई जागीर दिइएको छ । जागीर पाउनेमा चार जना प्रशिक्षक पनि छन् ।
सहकारी २६ जिल्ला र गार्डेन १५ जिल्लामा सञ्चालनमा रहेको छ । अध्यक्ष शर्माले दश वर्षमा गार्डेन मार्टको संख्या पाँच सय पु¥याउने जानकारी दिनुभयो । गार्डेनले देशभरमा २ सय ५० जना खेलाडीलाई जागीर दिइसकेको छ ।
दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले मेडल जितेका थिए । २४ वटा गोल्ड मेडलका लागि भएको प्रतियोगितामा नौ वटा जित्दै बाँके जिल्ला टीम सेकेन्ड भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !