चार जना थपिए, तीन जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा चार जना कोरोना संक्रमित थपिएका छन् । आइतबार बाँकेबाट तीन जना डिस्चार्ज भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुुसार, ९३ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना देखिएको छ ।
भेरी अस्पतालमा १३ जनाको परीक्षण गर्दा दुई जना, कोहलपुर मेडिकल कलेजमा ४२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ३८ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा अब ७ जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !