बाहिरी जिल्लाका चार जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा ५९ जनाको परीक्षण गर्दा ४ जनालाई कोरोना देखिएको छ । कोरोना देखिएका चारै जना बाहिरी जिल्लाका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा १६ जनाको परीक्षण गर्दा तीन जना र कोहलपुर मेडिकल कलेजमा ३२ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ११ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा मंगलबार तीन जना डिस्चार्ज भएका छन् । अब जिल्लामा १५ जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !