तीन सय ट्याब्लेटसहित विष्ट पक्राउ

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, जमुनाहाले तीन सय वटा लागु औषधी नाइट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नाइट्रोजन ट्याब्लेट बोकेर छोटी नाका हुँदै नेपालगञ्ज प्रवेश गरेका दार्चुला शैलेशिखर नगरपालिकाका १९ वर्षीय नरेन्द्र विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी जमुनाहा गाउँ हुँदै नेपालगञ्ज प्रवेश गरेका थिए । जमुनाका चौकीदेखि करिव एक किलोमिटर पूर्वबाट विष्टलाई नियन्त्रणमा लिइएको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !