मधेस विद्रोहले गणतन्त्र ल्याएको हो – उपेन्द्र यादव

नेपालगञ्ज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र, समावेशीकरण, संघीयता आएको दावी गर्नु भएको छ ।
नेपालगञ्जमा भएको बृहत अगुवा कार्यकर्ता भेला एवं अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले मधेस विद्रोह नभएको भए नेपालमा गणतन्त्र नै आउथेन भन्नुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘मधेस जनविद्रोहले गर्दा नेपालमा गणतन्त्र, समावेशीकरण र संघीयता आएको हो । त्यसमा माओवादीको आन्दोलनले केही सहयोग गरेको हो ।’
अध्यक्ष यादवले नेपालमा भएका आन्दोलनहरुले सत्ता परिवर्तन गरेपनि मधेस विद्रोहले शासन प्रणाली नै परिवर्तन गरेको बताउनुभयो । ‘नेपालमा विभिन्न समयमा जनआन्दोलन भए । ती सबै आन्दोलनले सत्ता परिवर्तन गरे, अध्यक्ष यादवले भन्नुभयो, मधेस जनविद्रोहले मात्रै शासन प्रणाली परिवर्तन गरेको छ ।’
अध्यक्ष यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नलिएर अझै पनि केही नेताले संघीयता र गणतन्त्र स्वीकार नगरेको टिप्पणी गर्नुभयो । ‘दुई पटक संसद विघटन गरियो । त्यो पनि यी सबै उपलब्धी मास्ने षड्यन्त्र थियो, यादवले भन्नुभयो, हामी त्यसको सशक्त विरोध उत्रियौ र बचायौं ।’
नेताहरु मो. इस्तियाक राई, कमरुद्दिन राईलगायतले मधेसी जनताको अधिकारका लागि जसपा लडिरहेको दावी गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !