कोरोनाबाट ४२ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, घोडाघोडी नगरपालिका वडा नं. १० का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मंसीर २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज विहान ५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आएका ४ सय ३६ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !