तीन दिने अभियानमा २७ हजारले खोप लगाए

नेपालगञ्ज – बाँकेका चार वटा पालिकामा सञ्चालन गरिएको कोभिड खोप अभियानमा २७ हजारले खोप लगाएका छन् ।
जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, मंसीर २३, २४ र २५ गते नेपालगञ्ज, कोहलपुर, जानकी र खजुरा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । नेपालगञ्जमा ९ हजार तीन सय ३५, कोहलपुरमा ७ हजार ७ सय १०, जानकीमा चार हजार ५ सय र खजुरामा ६ हजार ३ सय २९ जनाले पहिलो मात्रा र ५ हजार ७ सय ९६ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत श्रेष्ठले तीन दिनमा चार वटा पालिकाका २७ हजार ८ सय ७४ जनाले खोप लगाएको जानकारी दिनुभयो ।
आइतबारदेखि अरु चार वटा पालिकामा खोप लगाइदैछ । बैजनाथ, राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका १८ वर्षमाथिका सबैलाई खोप लगाइदैछ । १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयले सबै पालिकामा अभियान सञ्चालन गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !