फोनिज बाँकेमा थारु
नेपालगञ्ज – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा भगतराम थारु निर्विरोध चयन भएका छन् ।
नेपालगञ्जमा भएको शाखाको छैठौं अधिवेशनले थारुलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सोम गुरुङ, सचिबमा लक्ष्मी चौधरी, सहसचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई चयन भएका छन् ।
सदस्यहरुमा अशोक थापा, सुबिता थारु, रुपा चौधरी, सुषमा श्रेष्ठ, मस्तीराम चौधरी चयन भएका छन । १३ सदस्यीय कार्यसमितिमध्ये हाल १० जना चयन गरिएको छ । बाँकी तीन जना पछि थपिने छ ।
अधिवेशनले ८ जनालाई प्रदेश महाधिवेशन र ५ जना सदस्यलाई संघीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।