एकजनाको मृत्यु, दुई जना थपिए
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दियाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
मंसीर ४ गते बर्दियामा पीसीआर गरिएका उनलाई २१ गते भेरीमा ल्याइएको थियो । उपचारको क्रममा उनको राती १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ३५ जना पुगेको छ ।
यसैबीच, बुधबार बाँकेमा दुई जना कोरोना संक्रमित थपिएका छन् । ६६ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना देखिएको छ ।
भेरी अस्पतालमा १६ जनाको परीक्षण गर्दा एकजना र बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ३५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा मंगलबार एक जना डिस्चार्ज भएका छन् । बाँकेमा अहिले सात जना कोरोनाका विरामी रहेका छन् । एक जनाको अस्पतालमा उपचार भइरहेको छ भने ६ जना होम आइसोलेसनमा रहेका छन् ।