ब्राउनसुगरसहित जिसी र शाही पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्जका कृष्ण जिसीलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट प्रहरीले बुधबार विहान जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भुपु आर्मी जिसी नेपालगञ्ज उपमहानगरपालिकाका गार्ड हुन् । उनले राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए । मंगलबार साँझ ५ देखि राती १ बजेसम्म डिउटी गरेका जिसी क्वाटरमै सुतेर विहान साढे सात बजेतिर निस्केका थिए । नेपालगञ्ज उपमहानगरपालिकाको क्वाटरबाट निस्केका जिसी केहीबेरपछि ब्राउनसुगरसहित पक्राउ परेका थिए ।
बाँके प्रहरीले जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सुशान्त शाहीलाई चार ग्राम ब्राउनसुगरसहित जमुनाहा नाकाबाट पक्राउ गरेको छ । यो मंगलबार साँझ घटना हो । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ब्राउनसुगर बोकेर आउदा शाही पक्राउ परेका थिए ।
लागु औषधी ब्राउनसुगर कारोबारमा नेपालगञ्ज यस क्षेत्रकै प्रमुख शहरको रुपमा गनिने गरेको छ । सीमावर्ती शहर भएकाले भारतबाट ब्राउनसुगर खरिद गरेर यही शहरबाट अन्यत्र कारोबार हुने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !