एक सय ४९ को जाँच गर्दा ५ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा एक सय ४९ जनाको परीक्षण गर्दा ५ जनालाई कोरोना देखिएको छ । कोरोना देखिएका पाँचै जना बाहिरी जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कोहलपुर मेडिकल कलेजमा एक सय १८ जनाको परीक्षण गर्दा ५ जनालाई कोरोना देखिएको हो । भेरी अस्पतालमा १७ र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा मंगलबार दुई जना डिस्चार्ज भएका छन् । यहाँ दुई जना सिकिस्त र एक जना मध्यम विरामी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !