कैदी बन्दीको क्षयरोग परीक्षण

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीको क्षयरोग परीक्षण थालिएको छ ।
क्षमता भन्दा तेब्बर कैदी बन्दी रहेको कारागारमा क्षयरोगको जोखिम हुन सक्ने भएकाले कारागार प्रशासनले सबैको जाँच गर्न थालेको हो ।
जेलर रामकुमार सोनकरका अनुसार, हप्तामा तीन दिन दिनभरी र भेटघाटको दिन विहान ८ देखि १० बजेसम्म क्षयरोगको परीक्षण भइरहेको जानकारी दिनुभयो । नेपालगञ्ज कारागारमा ८ सय १५ जना कैदी बन्दी रहेका छन् ।
५२ जनाको परीक्षण गर्दा एक जनामा क्षयरोग देखिएको छ । परीक्षणमा क्षयरोग देखिएका कैदी बन्दीलाई छुट्टै राखेर उपचार गर्ने रणनीति बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !