मुक्तिपुरमा दिउँसै लाखौंको चोरी

नेपालगञ्ज – नेपालगञ्ज दिउँसै लाखौंको चोरी भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, मुक्तिपुरका सिमान्त कर्माचार्यको घरमा दिउँसै चोरी भएको हो ।
घरमा कोही नभएको समयमा आइतबार दिउँसो १२ देखि ५ बजेको बीचमा चोरी भएको छ । कर्माचार्यका अनुसार, साढे एघार तोला सुन, ९० हजारको हिरा र ७५ हजार नगद चोरी भएको छ । श्रीमती रविना श्रेष्ठ सुर्खेत माइती गएको र कर्माचार्य कारकादोस्थित मोटरसाइकल वर्कसपमा गएको मौकामा घरमा चोरी भएको थियो ।
बाँके प्रहरीका अनुसार, पर्खालबाट ढोकामा पुगेका चोरले मास्टर चावीले ढोका खोलेको देखिन्छ । चोरले ढोकामा कुनै बल प्रयोग गरेको देखिदैन । भित्रका कोठा खुल्ला नै थियो । दराजको साँचो पनि त्यही थियो । घटनास्थलमा एउटा फलामको रडमात्रै फेला परेको छ ।
कर्माचार्यले यो किनेका थिए । यो घरमा यसअघि पनि चोरी भएको छिमेकीले बताएका छन् । बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले घटनाको अनुसन्धान गरेर चोरको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !