कोरोनाबाट ८२ वर्षीयको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नं. ८ का ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
मंसीर ९ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो २.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय ४५ जनाको मृत्यु भएको छ ।
यसैबीच, बाँकेमा सोमबार ६७ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ । भेरी अस्पतालमा ४९ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा १३ र बागेश्वरी ल्याबमा ५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा कोरोनाका दुई जना सिकिस्त र तीन जना मध्यम विरामी छन् । जिल्लामा ११ जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !