शून्यतिर झर्दै कोरोना

नेपालगञ्ज – बाँकेमा आइतबार चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोडिभ व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका दुई वटा ल्याबमा ३९ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको छ । कोरोना देखिएका चार जनामध्ये बाँके जिल्ला निवासी दुई जना रहेका छन् । दुई जना बाहिरी जिल्लाका छन् । बाँकेमा आइतबार दुई जना नै डिस्चार्ज भएका छन् ।
कोहलपुर मेडिकल कलेजमा १७ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । भेरी अस्पतालमो रिपोर्ट आएको छैन ।
जिल्लामा सक्रिय संक्रमित आठ जना रहेका छन् । यहाँ दुई जना सिकिस्त विरामी र आठ जना मध्यम विरामी रहेका छन् ।
जिल्लामा विस्तारै कोरोना जिरोतिर झर्दै गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !