कोरोनाबाट ५५ वर्षीयको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुुसार, बाँके बैजनाथ गाउँपालिका वडा नं. १ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मंसीर ७ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई ८ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराती मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४४ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !