बुद्ध एयरको जहाजसँग स्याल ठोक्कियो
नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजसँग स्याल ठोक्किएको छ ।
काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाजमा स्याल ठोक्किएको हो । जहाज ल्याण्ड गर्ने क्रममा स्याल ठोक्किएको थियो । जहाजसँग ठोक्किएको स्यालको मृत्यु भएको छ । जहाजमा अलिकति क्षति पुगेको बुद्ध एयरको नेपालगञ्जका व्यवस्थापक विनित शाहले जानकारी दिनुभयो ।
जहाजमा ७० जना यात्रु थिए । यात्रुलाई केही भएको छैन । बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक शाहले जहाल ल्याण्ड गर्ने क्रममा स्याल आएर ठोक्किएको बताउनुभयो ।
केही दिनअघि मात्रै नेपालगञ्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्किएको थियो । तीन वटा बँदेल जहाजमा ठोकिएर मरेका थिए । जहाजसँग पटक पटक बँदेल र स्याल ठोकिने गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विमानस्थल आसपासको झाडी सफा गरेका थिए ।