सोहनलाल नेकपा एसमा प्रवेश

नेपालगञ्ज – नेकपा एमाले नरैनापुरका नेता सोहनलाल यादवले एमाले परित्याग गरेका छन् । यादव माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
जिल्ला कमिटि सचिवालय सदस्य रहेका यादवसहित जिल्ला कमिटि सचिवालय सदस्य नै रहेका केशवराम यादव, राष्ट्रिय युवा संघका नरैनापुर अध्यक्ष साकिर खान नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेकपा एसका नेताहरु दलबहादुर सुनार, मेटमणि चौधरी, अशोक कोइरालालगायतले यादवलगायतलाई पार्टीमा प्रवेश गराएका छन् । यादवले आफूहरु दलबलसहित नेकपा एसमा प्रवेश गरेको जानकारी दिनुभयो । नेकपा एमालेको प्रतिनिधिमा नपरेपछि यादव रुष्ट रहेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !