कांग्रेस क्षेत्र नं. २ मा विवाद, अझै मतदान भएन

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेको क्षेत्र नं. २ मा विवादले गर्दा अझै निर्वाचन शुरु हुन नसकेको छैन ।
विहान नौ बजेदेखि गर्ने भनिएको मतदान पौने दुई बजे यो समाचार तयार पार्दासम्म शुरु हुन सकेको छैन ।
एउटाको मत अर्को व्यक्तिले हाल्ने विषयमा विवाद भएको छ । विशेष गरेर डुडुवा क्षेत्रको मतदातामा यो समस्या देखिएको छ । मत हाल्न नसक्ने पाँच जना व्यक्तिको अर्को एक जनाले मत हाल्न पाउनु पर्ने एक पक्षको माग रहेको छ भने अर्को पक्षले विरामी, अशक्तबाहेक अरुले आफै मत हाल्नु पर्ने बताइरहेको छ ।
निर्वाचन अधिकारीले दुवै पक्षलाई राखेर सहमति गराउने प्रयास गरिरहेका छन् । क्षेत्र नं. २ मा वीरेन्द्रबहादुर शाह र रमेश गुप्ता प्यानलसहित क्षेत्रीय सभापतिको निर्वाचनमा होमिएका छन् ।
यसैबीच क्षेत्र नं. १ मा विहानैदेखि मतदान भइरहेको छ । क्षेत्र नं. १ मा पोषण केसी र माधवराम खत्री प्रतिस्पर्धामा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !