पाँच जना भए म्याराथनको संरक्षक

नेपालगञ्ज – समाजका पाँच जना विशिष्ट व्यक्तित्वलाई धारा नेपालगञ्ज म्याराथनको संरक्षक बनाइएको छ ।
मंसीर ४ गते हुने सातौं धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा रघुराज वन्त, केशवबहादुर आले, सञ्जय सिंह, शशी स्वाँर र सन्तोष खड्कालाई म्याराथनको संरक्षक बनाइएको हो ।
महानायक राजेश हमाल र कृतिमानी धावक बैकुष्ठ मानन्धरले नेपालगञ्ज म्याराथनको संरक्षक भएका पाँच जनालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा महानायक हमालले नेपालगञ्ज म्याराथनले शहरको पहिचान बढाउन सघाउ पु¥याएको बताउनु भयो । उहाँले म्याराथन धावकलाई प्रतिभा देखाउने अवसर भएको बताउदै नेपालगञ्ज म्याराथनमा उपस्थित हुन पाउदा धेरै खुशी लागेको बताउनुभयो ।
संरक्षक रघुराज वन्तले नेपालगञ्जले राष्ट्रका लागि धेरै खेलाडी जन्माएको स्मरण गर्दै नेपालगञ्ज म्याराथनको विजेता नेपालगञ्जकै खेलाडी होस् भन्ने चाहना भएको बताउनुभयो । उहाँले नेपालगञ्जकै खेलाडीले म्याराथनको उपाधी जिताउनका लागि आफूले तालिम दिन र स्पोन्सर जुटाउन सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
लुम्बिनी प्रदेशका वन मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमालले नेपालगञ्जलाई विश्वव्यापी रुपमा चिनाउन क्रियटिभ ह्याण्डस लागि परेको बताउनुभयो । उहाँले खेलले अनुशासन र समयको महत्व सिकाउने बताउदै राजनीतिज्ञले पनि समयको महत्व बुझिदिए देशले धेरै प्रगति गर्ने बताउनुभयो । मन्त्री हमालले आफूलाई अहिलेको स्थिति पु¥याउन खेलकुदको योगदान रहेको बताउनुभयो ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले दश वर्षे सशस्त्र द्वन्द्व समाप्त पार्ने गरी मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै नेपालगञ्जमा म्याराथन शुरुवात गरिएको बताउदै म्याराथनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई जोड्दै लगिएको बताउनुभयो ।
संरक्षक चयन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी, हरिबहादुर रोकायलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !