बैद्य माओवादीद्वारा जग्गा कब्जा

नेपालगञ्ज – बैद्य माओवादीले बर्दियामा जग्गा कब्जा गरेको छ ।
गुलरिया नगरपालिका वडा नं. १, खल्लागाउँमा रहेको नवराज अधिकारीको एक विगाह र तारा पराजुलीको एक विगाह जग्गा कब्जाको घोषणा गरेको हो । माओवादीले जग्गा कब्जा गरेको ब्यानर र झण्डा गाडेको छ ।
माओवादीले विवादित जग्गा रहेकाले आफूले कब्जा गरेको दावी गरेको छ । यो घटनाले माओवादीले अझै जग्गा कब्जाको नीति लिइरहेको देखाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !